• २०८३ असार ४ गते बिहिवार

सामाजिक बिकास मन्त्रालयले धार्मिक विधयालयलाई आनुदान दिने

पढ्न लाग्ने समय : १ मिनेट
  • महेन्द्र सिंह बाँके

भदौ १६, बाँके । प्रदेश न ५ को समाजिक बिकास मन्त्रालयले प्रदेशभरी संचालनमा रहेका मदरसा, गुरुकुल र गुम्बा लगगायतका धार्मिक विद्यालयहरुलाई अनुदान उपलब्ध गराउने कार्यक्रम रहेकोले बिस्तृत विवरणसहित प्रदेश पाँचको शिक्षा निर्देशनालयमा प्रस्ताव पेश गर्न आग्रह गरेको छ ।

शिक्षा निर्देशनालयले प्रकाशित गरेको सूचनामा आगामी महिनाको ६ गते भित्र प्रदेश भित्र संचालनमा रहेका मदरसा, गुरुकुल र गुम्बााहरु लगायत धार्मिक विद्यालयहरुले विद्यालयहरुको कार्यक्रमको विस्तृत विवरण र कार्ययोजना निर्माण गरी व्यवस्थापन समितिको निर्णय सहित निर्देशनालयले तयार गरेको फारम भरेर पठाउन आग्रह गरिएको छ । प्रस्तावनाको साथमा गत आर्थिक बर्षको सामाजिक परिक्षण प्रतिवेदन र लेखा परिक्षण प्रतिवेदन अनिवार्य पेश गर्न आग्रह गरिएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस