• २०८३ असोज २९ गते बिहिवार

नवलपरासीमा १४ लाख ८४ हजारको भन्सार छलीको मदिरा बरामद

खबर२४ नेपाल पढ्न लाग्ने समय : २ मिनेट

असोज २९, नवलपरासी पश्चिम। नवलपरासी पश्चिमको सुस्ता गाउँपालिका–५ महलबारीस्थित भित्री सडकखण्डबाट प्रहरीले १४ लाख ८४ हजार रुपैयाँ बराबरको भन्सार छलीको मदिरा बरामद गरेको छ । प्रहरीका अनुसार भारतबाट अवैध रूपमा भन्सार छली गरी मदिरा ल्याउँदै गरेको भन्ने गोप्य सूचना प्राप्त भएपछि आज बिहान करिब ३ः४५ बजे संयुक्त प्रहरी टोलीले खोजी गरेको थियो ।

लुम्बिनी प्रदेश प्रहरी कार्यालय तुलसीपुर, प्रहरी चौकी रामनगर र इलाका प्रहरी कार्यालय बेलाटारीबाट खटिएको संयुक्त टोलीले महलबारीस्थित सडकखण्डमा ११ वटा हरियो ठूलो झोलामा राखिएको मदिरा बेवारिसे अवस्थामा फेला पारेको हो ।

बरामद मदिरामा ७५० मिलिलिटरका ७४२ बोतल रम रहेका छन् । प्रहरीले प्रतिएक बोतलको अनुमानित मूल्य दुई हजार रुपैयाँका दरले कुल १४ लाख ८४ हजार रुपैयाँ बराबरको मदिरा रहेको जनाएको छ ।

बरामद गरिएको मदिरा आवश्यक कानुनी कारबाहीका लागि इलाका प्रहरी कार्यालय बेलाटारीमा राखिएको प्रहरीले जनाएको छ । प्रहरीले मदिरा कसले र कहाँबाट ल्याएको भन्ने विषयमा थप अनुसन्धान गरिरहेको छ ।

जिल्ला नवलपरासी पश्चिम सुस्ता गाउँपालिका–५ महलबारीस्थित भित्री सडकखण्डबाट भन्सार छली ल्याइएको १४ लाख ८४ हजार रुपैयाँ बराबरको मदिराआज बिहान करिव ३:४५ बजे बरामद गरिएको छ । भारतबाट अवैध रूपमा भन्सार छली गरी ११ वटा हरियो ठूलो झोलामा मदिरा ल्याउँदै गरेको गोप्य सूचनाका आधारमा लुम्बिनी प्रदेश प्रहरी कार्यालय तुलसीपुर दाङ , प्रहरी चौकी रामनगर र इलाका प्रहरी कार्यालय बेलाटारीबाट खटिएको संयुक्त प्रहरी टोलीले बेवारिसे अवस्थामा उक्त मदिरा फेला पारेको हो । बरामद रक्सीमा ७५० एमएलका ७४२ बोतल ‘OLD Monk’ रम रहेका छन् । प्रति बोतल अनुमानित २ हजार रुपैयाँका दरले यसको कुल मूल्य १४ लाख ८४ हजार रुपैयाँ रहेको छ । बरामद मदिरा आवश्यक कारबाहीका लागि इलाका प्रहरी कार्यालय बेलाटारीमा राखिएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस