• २०८३ कार्तिक १४ गते शुक्रवार

सुनको मुल्य एक हजार सात सय रुपैयाँले घट्यो

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

पुष ४, काठमाण्डौ । आज सुनको मुल्य एकैदिन एक हजार सात सय रुपैयाँले घटेको छ । सुनकाे भाउ एक हजार सात सयले घटेर एक लाख ४९ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

हिजो सुनको मुल्य तोलाकाे एक लाख ५० हजार सात सय रुपैयाँ रहेको थियो ।

त्यस्तै आज चाँदीको मुल्य पनि घटेको छ । चार दिनदेखि स्थिर रहेको चाँदीको मुल्य आज ५५ रुपैयाँले घटेर ताेलाकाे एक हजार सात सय ८० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस