• २०८३ बैशाख २१ गते सोमवार

आजको मौसम : देशभर चिसो बढ्दै

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

पुस ४, काठमाडौं । काठमाण्डौमा आज हिजोको तुलनामा केही चिसो भएको छ । हिजोको न्यूनतम तापक्रम ५ दशमलव १ डिग्री सेल्सियस रहेकोमा आज घटेर ४ दशमलव ८ डिग्री सेल्सियस रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

गएको शनिवार काठमाण्डौको तापक्रम २ डिग्री सेल्सियससम्म झरेको थियो । तराईका विभिन्न ठाउँमा आज पनि बिहानैदेखि हुस्सु लागेको छ ।

दिउँसो घाम लाग्दै गएपछि हुस्सु हट्दै जाने र देशभरको मौसम सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस