• २०८३ असार ६ गते शनिवार

सुनसरीमा करेन्ट लागेर एकको मृत्यु, एक गम्भीर घाइते

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

पुस ३, सुनसरी । सुनसरीमा करेन्ट लागेर एकको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन्। देवानगन्ज गाउँपालिका- ४ का ३८ वर्षीय राजा मेहताको करेन्ट लागेर मृत्यु भएको हो।

मंगलबार आफ्नो खेतमा सिँचाइको लागि मोटर चलाउने क्रममा करेन्ट लागेर उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ। घटनामा उनका १५ वर्षीया छोरा करण गम्भीर घाइते भएका छन्।

करेन्ट लागेर गम्भीर घाइते भएका राजा मेहतालाई उपचारको लागि कोसी अस्पताल विराटनगर पुर्याउँदा चिकित्सकले मृत घोषणा गरेका हुन्।

छोरा करणको कोसी अस्पतालमै उपचार भइरहेको छ। उनको अवस्था गम्भीर रहेको चिकित्सकले बताएका छन्।

Sharing

प्रतिक्रिया दिनुहोस