कार्तिक २५,काठमाडौं । पल शाहको तर्फबाट जिल्ला अदालत नवलपुरको फैसलाविरुद्ध उच्च अदालत पोखरामा पुनरावेदन दायर गरिएको छ ।

पलका कानुन व्यवसायी वरिष्ठ अधिवक्ता कमलामोहन वाग्लेले आज शाहको तर्फबाट उच्च अदालत पोखरामा पुनरावेदन दायर गरेको जानकारी दिए ।
पलविरुद्ध नाबालिगलाई जबरजस्तीकरणी गरेको मुद्दामा नवलपुर जिल्ला अदालतले भदौ २१ सफाइ दिएको थियो । जबरजस्ती करणीको अभियोजनमा सफाई दिए पनि पललाई बाल यौन दुरुपयोगमा दोषी ठहर गर्दै दुइ वर्ष ६ महिनाको कैद सजाय र नाबालिकालाई १० लाख रुपैयाँ जरिबानाको फैसला सुनाइएको थियो ।