• २०८३ मङ्सिर ६ गते शनिवार

काठमाण्डाैसँग हारेसँगै लुम्बिनी प्लेअफमा पुग्ने सम्भावना समाप्त

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

मंसिर २६, काठमाण्डाै । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा काठमाण्डाै गुर्खाजले दाेस्राे जीत हात पारेकाे छ । आज भएकाे खेलमा काठमाण्डाैले लुम्बिनी लायन्सलाई १८ रनले हरायाे ।

काठमाण्डाैले दिएकाे १ सय ४ रनकाे लक्ष्य पछ्याएकाे लुम्बिनी १९ ओभर २ बलमा ८५ रनमा अलआउट भयाे । लुम्बिनीका सन्दीप जाेराले सबैभन्दा धेरै २६ रन बनाए । काठमाण्डाैका कप्तान करण केसीले ४, दिपेश कँडेलले ३ विकेट लिए ।

यसअघि कीर्तिपुरकाे त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेकाे काठमाण्डाै १९ ओभर २ बलमा १ सय ३ रनमा अलआउट भयाे । काठमाण्डाैका भीम सार्कीले ३१ रन बनाए । लुम्बिनीका साद बिन जफरले ३ विकेट लिए ।

याे जीतसँगै काठमाण्डाैले ४ खेलमा ४ अङ्क जाेड्दै तालिकाकाे पाँचाैं स्थानमा उक्लिएकाे छ । काठमाण्डाै प्लेअफ पुग्ने सम्भावना कायमै छ । लुम्बिनी भने एक खेलअघि नै लिग चरणबाट बाहिरिएकाे छ । लुम्बिनीले ६ खेल खेल्दा जम्मा २ अङ्क जाेडेकाे छ ।

एनपीएलमा आज भएकाे पहिलाे खेलमा सुदूरपश्चिम राेयल्सले जनकपुर बाेल्ट्सलाई ७२ रनले हराएकाे छ । याेसँगै जनकपुरकाे चार खेलकाे अपराजित यात्रा टुङ्गिएकाे छ ।

Sharing

प्रतिक्रिया दिनुहोस