• २०८३ मङ्सिर ६ गते शनिवार

पोखरा १०३ रनमा अलआउट, बोसिस्टोले लिए ६ विकेट

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

मंसिर २५, काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को पोखरा एभेन्जर्स कर्णाली याक्सविरुद्ध १०३ रनमा समेटिएको छ । टीयु क्रिकेट मैदानमा कर्णालीविरुद्ध पोखरा १६.३ ओभरमा १०३ रनमा रोकिएको हो ।

पोखराका दिनेश खरेलले सर्वाधिक २६ रन बनाए । आन्द्रेस गौसले २५, रायमोन रेइफरले २० रनको योगदान दिए ।

बलिङमा कर्णालीका विलियम बोसिस्टो एक्लैले ६ विकेट लिए । ४ ओभर बलिङ गरेका विलियमले २८ रन खर्चेर ६ विकेट लिए ।

Sharing

प्रतिक्रिया दिनुहोस