मंसिर ५, काठमाडौं । काठमाण्डौको बूढानीलकण्ठमा जुवा खेलिरहेका २१ जना पक्राउ परेका छन् । बूढानीलकण्ठ नगरपालिका वडा नम्बर ११ लसुनडाँडाको सार्वजनिक ठाउँमा सम्पत्तिको हार/जीत हुने गरी ओखरको माध्यमबाट जुवा खेलिरहेका २१ जनालाई पक्राउ गरेको काठमाण्डौ उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।
पक्राउ पर्नेमा सबैभन्दा धेरै काठमाण्डौका आठ जना छन् । यस्तै सिन्धुपाल्चोकका चार, काभ्रेका तीन, ओखलढुङ्गाका दुई तथा खोटाङ, नुवाकोट, दोलखा, प्यूठानका एक÷एक जना पक्राउ परेका प्रहरीले जनाएको छ ।
प्रहरीले उनीहरूको साथबाट पाँच लाख ६२ हजार तीन सय ५० रुपैयाँ र ओखर १३ थान बरामद गरेको छ ।