• २०८३ असार १८ गते बिहिवार

नेपाल बैंक र दराजबीच भुक्तानी सेवा सम्झौता

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

कात्तिक २५, काठमाडौं । नेपाल बैंक लिमिटेड र अनलाइन ई कमर्स प्लेटफर्म दराज केयमु प्राइभेट लिमिटेडबीच छुट प्रदान गर्ने सम्झौता भएको छ । नेपालकाे पहिलाे बैंकले आफ्ना ग्राहकलाई छुट प्रदान गर्न ई–कमर्स प्लेटफर्मसँग साझेदारीलाई निरन्तरता दिएको हाे ।

बैंकका निक्षेपकर्ताहरूले दराजबाट अनलाइन सामान खरिद गर्दा डेबिट कार्डको माध्यममार्फत अग्रिम भुक्तानीमा १५ प्रतिशत वा अधिकतम दुई हजार रुपैयाँसम्म छुट तथा क्रेडिट कार्डको माध्यममार्फत अग्रिम भुक्तानीमा २० प्रतिशत वा अधिकतम दुई हजार पाँच सय रुपैयाँ बराबरको छुट प्राप्त गर्नेछन् ।

छुट प्राप्त गर्नका लागि नेपाल बैंकको शाखामा सम्पर्क गर्न सकिनेछ । याे याेजना आउँदाे मङ्सिर ७ गतेसम्म लागू हुनेछ ।

Sharing

प्रतिक्रिया दिनुहोस