• २०८३ बैशाख १७ गते बिहिवार

१७ वर्षमुनिको एएफसी एशियन कप छनोटको अन्तिम खेलमा नेपालले आज मङ्गोलियासँग खेल्दै

खबर24नेपाल पढ्न लाग्ने समय : १ मिनेट

कात्तिक ११, काठमाडौं । १७ वर्षमुनिको एएफसी एशियन कप छनोटको अन्तिम खेलमा नेपालले आज मङ्गोलियासँग खेल्दैछ । नेपाल र मङ्गोलियाबीचको खेल राति साढे ८ बजे कतारको हमाद बीन खालिफा स्टेडियममा शुरु हुनेछ ।

पहिलो खेलमा जापानसँग ९–२ र दोस्रो खेलमा कतारसँग ५–० गोलले पराजित भएको नेपाल एशियन कपमा छनोट हुन असफल भइसकेको छ । मङ्गोलिया पनि छनोट हुन सकेन । यो समूहबाट जापान र आयोजक कतार एशियन कपमा छनोट भएका छन् ।

Sharing

प्रतिक्रिया दिनुहोस