भदौ ११, काठमाडौ । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी नेकपाका प्रधानमन्त्रीले भिडियो कन्फ्रेन्सबाटै मन्त्रिपरिषद बैठक गर्नु गलत भएको नेता भीम रावलले बताएका छन् ।
उपप्रधान तथा रक्षामन्त्री ईश्वर पाखरेललाई कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी दिएर गएका प्रधानमन्त्रीले विदेशबाट आफैं मन्त्रिपरिषद बैठक बोलाउनु नीतिसंगत नरहेको बताए साथै भिडियो कन्फ्रेन्सबाट मन्त्रिपरिषद् बैठक बोलाउनु सुरक्षा र गोपनियताका कारण उपयुक्त नभएको पनि बताए ।

आधुनिक युगमा गयौं भन्दैमा अरु विषयको ख्याल नै नगरिनु राम्रो नभएको नेकपा नेता रावलले बताए । प्रधानमन्त्री केपी शर्मा ओली उपचारका क्रममा सिंगापुरमा रहेका छन । प्रधानमन्त्रीले सिगांपूरबाटै भिडियो कन्फ्रेन्सबाट मन्त्रिपरिषद बैठक मा सहभागी भएका थिए ।