भदौ ११, काठमाडौ । द्वन्द्व निर्देशकको रुपमा परिचय बनाएका अष्ट महर्जनको निर्देशनमा चलचित्र ‘गुञ्जन’को छायांकन सुरु भएको छ । चलचित्र छायांकनका लागि यूनिट अहिले पोखरामा छ चलचिञको ९५ प्रतिशत छायांकन पोखरामा नै हुने निर्माणपक्षले बताएको छ । यस फिलमा मुख्य भूमिका सारा सिर्पाली, कविर खड्का र प्रितम सेन्चुरी रहेका छन ।
त्रिकोणात्मक प्रेमकथा भन्ने चलचित्रमा नयाँ शैलीको काम देखाउने दाबी अष्टको छ ।हिरा कृष्ण शाहीको प्रस्तुतीमा बन्ने यो चलचित्रमा निमार्ता सुनिता शाही । महेश दवाडीको लेखन रहेको चलचित्रलाई राजेश श्रेष्ठले छायांकन गरेका छन चलचित्रमा सरोज खनालको पनि मुख्य भूमिका छ ।