• २०८३ बैशाख १९ गते शनिवार

काठमाडौँका एक पुरुष मकवानपुरको होटेलमा मृत फेला

खबर24नेपाल पढ्न लाग्ने समय : १ मिनेट

कात्तिक ३, मकवानपुर । मकवानपुरको हेटौँडा उपमहानगरपालिका स्थित एक होटेलमा पुरुष मृत फेला परेका छन् । मकवानपुर जिल्ला प्रहरी कार्यालयका अनुसार हेटौँडा उपमहानगरपालिका–२ स्थित पल्पसा प्याराडाइज होटेलको कोठामा काठमाडौँ महानगरपालिका–७ चाबहिल निवासी ४७ वर्षीय अजय मानन्धर मृत फेला परेका छन् ।

उनी गत असोज २७ गतेदेखि होटेलको तेस्रो तल्लाको ४०५ नम्बर कोठामा बसिरहेका थिए । कार्तिक २ गते दिउँसो करिब ४ बजे मानन्धरका साथीहरूले फोन गर्दा नउठेपछि होटेलमा गई हेर्दा उनी मृत अवस्थामा फेला परेका थिए । घटनाबारे जानकारी पाउनासाथ प्रहरी टोली घटनास्थल पुगेको थियो ।

प्रारम्भिक अनुसन्धानबाट मानन्धर मामाघर आएको र पहिले पनि हेटौडा आउँदा सोही होटेलमा बस्ने गरेको खुलेको छ । मृतकको शव हेटौँडा अस्पतालको शवगृहमा राखिएको छ । घटनाबारे प्रहरीले थप आवश्यक अनुसन्धान गरिरहेको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस