• २०८३ साउन ३१ गते आइतवार

भक्तपुरमा स्कुटरको ठक्करबाट एक महिलाको मृत्यु

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

साउन २२, भक्तपुर । महानगरीय प्रहरी परिसर भक्तपुरका अनुसार बुधबार दिउँसो चागुँनारायणबाट भक्तपुर तर्फ आउँदै गरेको प्रदेश ३–०२–०१५ प ७२६५ नं। को स्कुटरले ठक्कर दिँदा भक्तपुर नगरपालिका–२ भोलाछेँ बस्ने ४१ वर्षीया सुन्दरी सुवाल गम्भीर घाईते भएकी थिइन ।

गम्भीर घाईते भएकी उनलाई पचारको लागी भक्तपुर अस्पताल पठाईएकोमा प्राथमिक उपचार पश्चात ट्रमा सेन्टर पठाईएको त्यसपछि थप उपचारका लागी न्युरो अस्पताल बासँबारीमा उपचारकै क्रममा आज बिहान मृत्यु भएको हो ।ठक्कर दिने २२ वर्षीय आशिष कार्कीलाई नियन्त्रणमा लिइ अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस