• २०८३ कार्तिक ९ गते आइतवार

तिज बिशेष गजल ”आउदो बर्ष धरहरा फेदमा नाच्नलाइ भन्दै”

पढ्न लाग्ने समय : १ मिनेट
  • धुब्र प्रसाद गजुरेल

रातो पर्बको संकेत तिज आएकी छन
भट्याउदै नाच्दै दिदिले गित गाएकी छन

भत्के भत्कियोस रे यो भाइको आँगन
खुट्टामा पाउँजु र झकमक्क सुन लाएकी छन

आमाको मुख उज्यालो पार्नलाइ भनेर
बिहानै देखी संगी बटुल्न धाएकी छन

पवित्र दिल भित्र माइती घर सजाएर
दाजु भाइहरुको सम्मान पाएकी छन

आउदो बर्ष धरहरा फेदमा नाच्नलाइ भन्दै
सबै संगिनीहरुसंग आजै कसम खाएकी छन ।

तारकेश्वर नगरपालीका-३, काठमाडौं ।

Sharing

प्रतिक्रिया दिनुहोस