असोज २२, काठमाडौं । काभा यु २० पुरुष भलिबल च्याम्पियनसिपमा नेपाली टोलीले दोस्रो जित हासिल गरेको छ। श्रीलंकाको कोलम्बो जारी प्रतियोगितामा मंगलवार भएको खेलमा नेपालले माल्दिभ्समाथि ३-० को साझो सेटमा जित हात पार्यो ।

नेपालले पहिलो सेट २५-५, दोस्रो सेट २५-१२ र तेस्रो सेट २५-२० ले जित निकाल्दै खेल जित्यो । पहिलो खेलमा नेपालले घरेलु टोली श्रीलंकालाई ३-० को सोझो सेटमा पराजित गरेको थियो । तर, दोस्रो खेलमा भने उज्वेकिस्तानसँग ३-१ ले पराजित भएको थियो ।
असोज २६ गतेसम्म कोलम्बोमा हुने प्रतियोगितामा नेपालले चौथो खेलमा असोज २४ मा किर्गिस्तानसँग खेल्नेछ । नेपालले पाँचौ खेलमा असोज २५ मा तुर्किमेनिस्तानसँग खेल्नेछ । प्रतियोगिताको शीर्ष दुईमा रहने टोलीबीच फाइनल खेल हुनेछ ।
नेपाली टोली – पहल गहतराज, सुरेश मल्ल, शैलेन्द्र यादव, सुर्य विक, अर्जुन नेपाली, विश्वास अधिकारी, सागर रसौली, अशोक राना, जित बहादुर सार्की, सुजन सुनार, लेसमन राहादी र दिपेश कुवँर।