• २०८३ बैशाख २८ गते सोमवार

प्रधानन्यायाधीशमा सिफारिश राउतविरुद्ध उजुरी आव्हान

खबर24नेपाल पढ्न लाग्ने समय : १ मिनेट

असोज ४, काठमाडौं । संसदीय सुनुवाइ समितिले प्रधानन्यायाधीशमा सिफारिश प्रकाशमान सिंह राउतविरुद्ध उजुरी दिन आह्वान गरेको छ । शुक्रबार एक सूचना प्रकाशित गर्दै समितिले १० दिन भित्र कार्यालय समयमा उजुरी दिन आव्हान गरको हो ।

समितिले उजुरीकर्ताले आफ्नो नाम र ठेगाना स्पष्ट खुलाउनुपर्ने र निजले गोप्य राख्न चाहेमा समितिले गोप्य राख्ने उल्लेख गरिएको छ । राउतलाई संवैधानिक परिषदको भदौ ३१ को बैठकले नेपालको प्रधानन्यायाधीशमा सिफारिस गर्ने निर्णय गरेको थियो ।

अस्ट्रेलिया र बेल्जियमका लागि प्रस्तावित राजदूतविरुद्ध उजुरी दिन आह्वान
संसदीय सुनुवाइ समितिले प्रस्तावित दुई राजदूतहरूविरुद्ध उजुरी दिन आह्वान गरेको छ । राजदूतामा नियुक्तिका लागि सिफारिस भई संसदीय सुनुवाइ हुन बाँकी रहेकाले समितिले आज एक सूचना जारी गर्दै बेल्जियमका प्रस्तावित राजदूत सेवा लम्साल र अस्ट्रेलियाका लागि प्रस्तावित राजदूत चित्रलेखा यादवविरुद्ध उजुरी दिन आह्वान गरेको हो ।

समितिले आजदेखि १० दिनभित्र कार्यालय समयमा समितिको सचिवालय वा कुनै जिल्ला प्रशासन कार्यालयमा सूचना वा उजुरी दिन सक्ने बताएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस