• २०८३ बैशाख ८ गते मङ्गलवार

पेट्रोलियम पदार्थको मुल्य घट्यो

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

भदौ ३०, काठमाडौँ ।  नेपाल आयल निगमले इन्धनको मुल्य घटाएको छ । निगमको आइतबार बसेको संचालक समितिको बैठकले पेट्रोलमा प्रतिलिटर ४ र डिजल तथा मट्टीतेलमा प्रतिलिटर ५ रुपैयाँ घटाएको हो ।

निगमले घटेको मुल्य आज राति १२ बजेदेखि लागि हुने निगमले जनाएको छ । नयाँ मुल्य अनुसार अब काठमाडौँमा पेट्रोलको प्रति लिटर १५९ र डिजल तथा मट्टीतेलको प्रति लिटर १४९ रुपैयाँ पर्ने भएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस