• २०८३ बैशाख ४ गते शुक्रवार

इन्टरपोलबाट रेड नोटिस जारी भएका फरार व्यक्ति कतारबाट पक्राउ

खबर24नेपाल पढ्न लाग्ने समय : १ मिनेट

कात्तिक १३, काठमाडौं । कर्तव्य ज्यान मुद्दामा इन्टरपोलबाट रेड नोटिस जारी भएका फरार प्रतिवादी भोजपुरका गजेन्द्र वान्तवा राई पक्राउ परेका छन् । एनसीबी दोहाको समन्वयमा कतारमा पक्राउ परेका उनलाई सम्बन्धित मुद्दामा कारबाही गर्ने, गराउने प्रयोजनार्थ मंगलबार नेपाल फिर्ता ल्याइएको छ ।

झापा मेचीनगर नगरपालिका–११ धाईजन बस्ने ४८ वर्षीय शर्मिला तामाङको हत्यामा संलग्न रही वारदात पश्चात् फरार रहेका शर्मिलाको श्रीमान् गजेन्द्र वान्तावालाई अन्तर्राष्ट्रिय स्तरमा खोजतलास एवम् पक्राउ गर्नको लागि नेपाल प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभाग इन्टरपोल शाखाको अनुरोधमा इन्टरपोल महासचिवालयबाट २०८१ असोज १ गते उनी विरुद्ध रेड नोटिस जारी भएको थियो ।

उनलाई सम्बन्धित कसुर बमोजिम कानुनी कारबाहीको लागि इलाका प्रहरी कार्यालय धुलावारी झापाबाट खटी आएका प्रहरीलाई बुझाइएको नेपाल प्रहरी प्रधान कार्यालय इन्टरपोल शाखाले जनाएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस