भाद्र ८, काठमाडौं । मर्मत गरेको ३ घण्टामा नै पासाङ ल्हामु मार्गको राम्चे-धुन्चे सडक खण्ड भासिएको छ । मर्मत गरेको तीन घण्टामै सडक भासिएपछि सडक अवरुद्ध भएको छ ।
आइतबार बिहान मर्मत गरिएको राम्चे-धुन्चे खण्डस्थित ब्राबलको सडक मध्यान्ह १ बजेदेखि भासिएको हो । मर्मतपछि समेत सडक भासिएपछि सवारी सञ्चालनमा रोक लगाइएको छ ।
शनिबार रातिको अविरल वर्षाका कारण भासिएको सडक आइतबार बिहान मर्मत गरिएको थियो। मर्मत गरेपछि बिहान १० बजेबाट सवारी सञ्चालनमा आएका थिए । तीन घण्टासम्म सवारी सञ्चालन भएपछि सडक पुनः भासिएको छ ।
प्रहरीले जिल्लाको अन्य क्षेत्रमा झरेको पहिरो पन्छाउने काम सकिएको बताएको छ ।