• २०८३ मङ्सिर १ गते सोमवार

गजल : निष्ठुरी तिम्रो ब्यवहारले मेरो आत्मा मरेको हो

पढ्न लाग्ने समय : १ मिनेट
  • बिनोद घिमिरे बिबश

भिख मागेरनै भरौटेले खाली थैलो भरेको हो
डमरु बजाएरनै तिम्रो जीत निश्चित गरेको हो !

सौर्य मण्डलको एकमात्र नक्षत्र मैं हुँ नसम्झ,
अनेक ग्रहबिच पृथ्वी मानब बस्न ठहरेको हो !

रात मै फुल्छन पारिजातका सुन्दर फूलहरु,
मिरमिरे बिहानीमा ओइलि आफै झरेको हो !

माटोभित्र कठोर तपस्या गरेर झुसिल किराले
कमलकोठीको जीवन भागमा बल्ल परेको हो !

तपाइँ भन्नु हुन्छ,जिन्दगी म यसै कटाई दिन्छु,
निष्ठुरी तिम्रो ब्यवहारले मेरो आत्मा मरेको हो !

ईटहरी बजार

Sharing

प्रतिक्रिया दिनुहोस