• २०८३ बैशाख २३ गते बुधवार

दीपेश पुनसँग सहकारी सम्बन्धि संसदीय छानबिन समितिले लियो बयान

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

साउन ३२, काठमाडौँ । रुपन्देहीको सुप्रिम बचत तथा ऋण सहकारी ठगीमा आरोपी रहेका दीपेश पुनसँग संसदीय छानबिन समितिले बयान लिएको छ ।

शुक्रबार सिंहदरबारमा रहेको समितिको कार्यालयमा समितिले पुनसँग बयान लिएको समितिका सभापति सुर्य थापाले जानकारी दिएका हुन् । पुन पुर्व उपराष्ट्रपति नन्द किशोर पुनका छोरा हुन् ।

सुप्रिम सहकारी ठगि प्रकरणमा प्रहरीले अदालतमा दायर गरेको २८ जना प्रतिवादीको सूचीमा पुनको पनि नाम रहेको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस