साउन २०, दाङ । शनिवार साँझ टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्युपछि आफन्तले घोराही-तुलसीपुर सडक खण्ड अवरुद्ध गरेका छन । घोराही-तुलसीपुर सडक खण्ड अन्तर्गत घोराही उपमहानगरपालिका-१० सौंरीकुलामा भएको दुर्घटनामा घोराही उपमहानगरपालिका-९ मछाही निवासी ३९ वर्षीय कुलबहादुर बस्नेतको मृत्यु भएको हो।
घोराहीबाट तुलसीपुरतर्फ जाँदै गरेको लु २ ख ५०८५ नम्बरको टिपरले बा ८५ प ५६०५ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।