• २०८३ मङ्सिर ६ गते शनिवार

आजको मौसम : मध्यम वर्षा, तराईका थोरै स्थानहरुमा हावाहुरीको सम्भावना

पढ्न लाग्ने समय : २ मिनेट

भाद्र ७, काठमाडौं । आज शनिबार दिउँसो देशभरी सामान्य देखि पुर्ण बदली रही केहि स्थानहरुमा मेघ गर्जन र चट्टयांग सहित हल्का देखि मध्यम वर्षा हुनेछ।देशको मध्य तथा पूर्वी भुभागका थोरै स्थानमा भारी वर्षाको सम्भावना रहेको छ । देशका पूर्वी तराईका थोरै स्थानहरुमा हावाहुरीको सम्भावना रहेको छ । यस्तै राती देशभरी सामान्य देखि पुर्ण बदली रही केहि स्थानहरुमा मेघ गर्जन र चट्टयांग सहित हल्का देखि मध्यम वर्षा हुनेछ, देशको थोरै स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।

मौसम विश्लेषण
मनसुनको न्यून चापिय रेखा पश्चिमी भुभागमा औसत स्थान भन्दा केहि उत्तर तर्फ रहेकोछ भने बाँकी स्थानहरुमा औसत स्थानको आसपासमा रहेको छ ।

देशभर समग्र मौसमको अवस्था
हाल देशको मध्य र पूर्वीका अधिकांस भू-भागहरुका र पश्चिमीका धेरैजसो स्थानहरुमा सामान्य देखि पूर्ण बदलि भई थोरै स्थानहरुमा मेघ गर्जन र चट्टयांग सहित हल्का वर्षा भईरहेको छ ।

आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श
मौसम पूर्वानुमान महाशाखाले देशको केही स्थानहरुमा मेघगर्जन र चट्याङ्ग सहितको वर्षा हुने सम्भावना रहेकोले सतर्कता अपनाउन अनुरोध गरेको छ। देशको भू-भागका थोरै स्थानमा भारी वर्षाको सम्भावना रहेकाले चुरे वाट बहने खोलाहरुको बहावमा आकस्मिक बृद्दि हुन सक्ने साथै सडक यातायातमा पहिरो र भू क्षयका कारण अवरोध आउन सक्ने भएकोले ति भू-भागमा यात्रा गर्दा सामान्य सतर्कता अपनाउन पनि अनुरोध गरेको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस