साउन ९, नेपालगन्ज । नेपालगन्जका बादसाह कुर्मी लुम्बिनी प्रदेश सरकारमा मन्त्री बन्दैछन् । बाँके प्रदेशसभा क्षेत्र नम्बर ३(ख) बाट निर्वाचित बादसाह कुर्मी पहिलोपटक मन्त्री बन्न लागेका हुन् ।

कुर्मी दुबै संविधानसभामा समानुपातिकतर्फका सदस्य थिए । कांग्रेसले बर्दियाका जन्मजय तिमिलसिना, गुल्मीका धनेन्द्र कार्की, प्यूठानका सरोज थापा (रोज राणा), दाङका प्रचण्ड विक्रम न्यौपाने र बाँकेका बादशाह कुर्मीलाई मन्त्री बनाउने निर्णय गरेको छ ।