• २०८३ जेष्ठ १७ गते आइतवार

एसिसी महिला एसिया कप : नेपाल भारतसँग ८२ रनले पराजित

खबर24नेपाल पढ्न लाग्ने समय : १ मिनेट

साउन ८, काठमाडौं । नेपाल मंगलबार समूहचरणको अन्तिम खेलमा भारतसँग ८२ रनले पराजित भएको छ । भारतले दिएको १७९ रनको लक्ष्य पछ्याएको नेपालले निर्धारित २० ओभरमा नौ विकेट गुमाउँदै ९६ रन मात्रै बनाउन सक्यो।

नेपाली ओनर सीता रानामगरले सर्वाधिक १८ रन बनाइन्। २२ बल खेलकी उनले तीन चौका प्रहार गरिन्। रुबिना क्षेत्री १५, इन्दु बर्मा १४ रनमा आउट हुँदा बिन्दु रावल १७ र सबनम राई एक रनमा अविजित रहिन्। भारतकी दिप्ती शर्माले सर्वाधिक तीन विकेट लिइन्। अरुणधती रेड्डी र राधा यादवले समान दुई विकेट लिँदा रेनुका सिंहको नाममा एक विकेट रह्यो।

नेपाल एसिसी महिला एसिया कपको समूहचरणबाटै बाहिरिएको छ। पहिलो खेलमा युएईमाथि ६ विकेटको जित हासिल गर्दै प्रतियोगिताको सुरुआत गरेको थियो। तर, त्यसपछिका दुई खेलमा निरीह प्रदर्शन गर्दा नेपालले दुई अंकसहित प्रतियोगिताको अन्त्य गरेको हो।

Sharing

प्रतिक्रिया दिनुहोस