• २०८३ बैशाख २३ गते बुधवार

सुनको मुल्य स्थिर, चाँदीको बढ्यो

खबर24नेपाल पढ्न लाग्ने समय : १ मिनेट

असार ४, काठमाडौं । नेपाली बजारमा मंगलबार सुनको मूल्य स्थिर रहेको छ भने चाँदीको मुल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार तोलामा १ लाख ४२ हजार २०० रुपैयाँमा कारोबार भएको छ ।

त्यसैगरी आज तेजाबी सुन तोलामा १ लाख ४१ हजार ५०० रुपैयाँमा कारोबार भएको छ । सुनको मुल्य सोमबार पनि यहि मुल्यमा कारोबार भएको थियो ।

त्यस्तै चाँदीको मूल्य भने मंगलबार सामान्य बढेको छ । मंगलबार चाँदी तोलाको १५ बढेर तोलामा १८१५ रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस