• २०८३ जेष्ठ ६ गते बुधवार

नेपालगञ्जबाट काठमाडौं गइरहेको बस दुर्घटना

फिस्लिङ बजार नजिक बस र कार ठोक्किए, २० जना घाइते
खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

जेठ ३२, काठमाडौँ । नेपालगञ्जबाट काठमाडौं गइरहेको बस त्रिशुली किनारमा खसेको छ । पृथ्वी राजमार्गअन्तर्गत चितवनको फिस्लिङ बजार नजिक आज बिहान दुईवटा सवारीसाधन एकापसमा ठोक्किँदा २० जना घाइते भएका छन् भने पाँचजनाको अवस्था गम्भीर रहेको छ ।

नेपालगञ्जबाट काठमाडौँतर्फ गइरहेको भे१ख ४०६० नम्बरको यात्रीबस त्रिशूली नदी किनारमा खसेको प्रहरीले जनाएको छ ।

काठमाडौँबाट मुग्लिनतर्फ गइरहेको बागमती प्रदेश ०२–०३९च ३७२० नम्बरको कार र बस कापसमा ठोक्किँदा बस नदी किनारमा खसेको हो ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय गजुरीका अनुसार कारमा सवार पाँचजना गम्भीर घाइते छन् । बसमा करिब ४५ जना यात्री रहेको प्रहरीले बताएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस