• २०८३ जेष्ठ ७ गते बिहिवार

भक्तपुरबाट स्रोत नखुलेको ६९ लाखसहित चार चिनियाँ नागरिक पक्राउ

खबर24नेपाल पढ्न लाग्ने समय : १ मिनेट

जेठ २४, भक्तपुर । भक्तपुरको जगातीबाट स्रोत नखुलेको ६९ लाखसहित चार चिनियाँ नागरिक पक्राउ परेका छन् । भक्तपुरमा चेकजाँचका क्रममा उनीहरूलाई स्रोत नखुलेको ६९ लाख ५ हजार रुपैयाँसहित प्रहरीले बुधबार पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा चीन घर भई हाल काठमाडौंमा बस्ने ३२ वर्षीय झाङ युआन, ५० वर्षीय निङ हाओरान, २४ वर्षीय क्यूओ हाओरान र ३६ वर्षीय दिना लाइयू छन् ।

पक्राउ परेका उनीहरूलाई थप अनुसन्धान तथा कारबाहीका लागि आन्तरिक राजश्व कार्यालय भक्तपुरमा बुझाएको जिल्ला प्रहरी परिसर भक्तपुरका डीएसपी एवं प्रवक्ता राजन कार्कीले जानकारी दिए ।

Sharing

प्रतिक्रिया दिनुहोस