• २०८३ असार १९ गते शुक्रवार

फिल्म ‘दान्भी’ को ट्रेलर सार्वजनिक, एक्सन अवतारमा पुजा

खबर24नेपाल पढ्न लाग्ने समय : १ मिनेट

जेठ १७, काठमाडौँ । नेपाली चलचित्र ‘दान्भी’ को ट्रेलर सार्वजनिक भएको छ। बिहीबार काठमाडौंमा एक कार्यक्रमबीच ट्रेलर सार्वजनिक भएको हो । अभिनेत्री पूजा शर्माले एक्सन भूमिका निर्वाह गरेको चलचित्रमा कुन्साङ बोन्जनको शीर्ष भूमिका रहेको छ ।

फिल्मलाई रूपेश तामाङले निर्देशन गरेका हुन भने देव मगर र अनुप गडाल निर्माता छन् । फिल्ममा रविना थापा मगरको कथा, संजोग कुँवर रानाको पटकथा तथा संवाद, श्री श्रेष्ठको द्वन्द्व, हरिबहादुर घलेको छायाँकन र बन्द्रे प्रसादको सम्पादन छ ।

पूजाले दान्भीमा पहिलो पटक एक्सन भूमिका निर्वाह गरेकी हुन् । फिल्म आगामी असार ७ गतेदेखि प्रदर्शनमा आउँदै छ ।

Sharing

प्रतिक्रिया दिनुहोस