• २०८३ बैशाख १५ गते मङ्गलवार

संघीय संसदका दुवै सदनको बैठक बस्दै

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

जेठ ६, काठमाडौँ । आज संघीय संसदको दुवै सदनको बैठक बस्दै छ । आज प्रतिनिधिसभाको बैठक बिहान ११ बजे र राष्ट्रिय सभाको बैठक अपराहन्न १: १५ बजेदेखि शुरु हुदै छ ।

कांग्रेसले सहकारी प्रकरणमा गृहमन्त्री रवि लामिछाने मुछिएको भन्दै संसदीय छानबिन समिति गठनको माग राखेको विषयमा प्रमुख चार दलबीच सहमति भएकाले आजको संसदको वैठक बिना अवरोध चल्ने देखिएको छ ।

यद्यपी संसदीय छानबिन समितिको टिओआर आज बनाउने भनिएको छ । टिओआरमा बैठकअघिसम्म सहमति भएमा आजका संसद बैठक बिना अवरोध चल्ने देखिएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस