• २०८३ जेष्ठ २८ गते बिहिवार

हत्या गरेको अभियोगमा चार जना पक्राउ

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

बैशाख ३०, काठमाडौँ । काठमाडौं महानगरपालिका गौशाला डेरा गरी बस्ने सुनसरी, इटहरी उपमहानगरपालिका घर भएका २४ वर्षीय शम्भु धितालको कुटपिट गरी हत्या गरेको अभियोगमा काठमाडौं महानगरपालिका-८ तिलगंगा बस्ने १८/१८ वर्षीय ४ जना किशोरहरूलाई शनिबार बेलुकी प्रहरीले पक्राउ गरको छ ।

काठमाडौं महानगरपालिका-९ कुमारी मन्दिर नजिक शम्भु धिताललाई अपरिचित ३/४ जना ब्यक्तिहरुले हतियार प्रहार गरी फरार भएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी वृत्त गौशालाबाट खटिएको प्रहरीले खोजी तथा अनुसन्धान गर्ने क्रममा घटनामा संलग्न उनीहरूलाई काठमाडौं महानगरपालिका-८ तिलगंगाबाट पक्राउ गरेको हो । कुटपिटबाट गम्भीर घाइते भएका शम्भुको केएमसी अस्पताल सिनामंगलमा उपचारको क्रममा मृत्यु भएको थियो ।

Sharing

प्रतिक्रिया दिनुहोस