• २०८३ बैशाख १९ गते शनिवार

रौतहट प्रहरीद्वारा २५ लाख बढीको अवैध सामान बरामद

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

वैशाख २४, रौतहट । रौतहटस्थित तस्करहरूले भन्सार छलेर विभिन्न नाकाबाट भित्र्याएको २५ लाख रुपैयाँभन्दा बढीको अवैध भारतीय सामान बरामद गरेको छ।

गत १० गतेदेखि २२ गतेसम्म जिल्ला प्रहरी कार्यालय तथा मातहतबाट खटिएको प्रहरी गस्ति टोलीले विभिन्न स्थानबाट भंसार छली भित्र्याएको कपडा, किरानालगायत २५ लाख ५१ हजार ४०५ रुपैयाँ बराबरको सामान बरामद गरेको हो।

बरामद सामान कारबाहीको लागी सोमबार जिल्ला भन्सार कार्यालय रौतहटमा दाखिला गरेको प्रहरी प्रवक्ता डिएस्पी एलिजा गिरी द्वारा जारी गरिएको विज्ञप्तिमा उल्लेख गरिएको छ।

Sharing

प्रतिक्रिया दिनुहोस