• २०८३ मङ्सिर ७ गते आइतवार

आईपीएल : हैदराबादले चेन्नई सुपर किंग्समाथि ६ विकेटको सहज जित

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

चैत २४, काठमाडौं । आफ्नो घरेलु मैदानमा सनराइजर्स हैदराबादले चेन्नई सुपर किंग्समाथि ६ विकेटको सहज जित हासिल गरेको छ । चेन्नईले प्रस्तुत गरेको १ सय ६६ रनको लक्ष्य हैदराबादले ११ बल बाँकी छँदै मात्र ४ विकेटको क्षतिमा पुर्यायो । ।

हैदराबादका लागि ऐडन मारक्रमले सर्वाधिक ५० रनको योगदान दिए । उनले मात्र ३६ बलमा ४ चौका र एक छक्का हिर्काए ।ओपनर अभिषेक शर्माले १२ बलमा ३ चौका र ४ छक्का प्रहार गर्दै ३७ रन बनाए । अर्का ओपनर ट्राभिस हेडले २४ बलमा ३१ रनको योगदान दिए । हेनरिच क्लासेनले नटआउट रहँदै १० र नितिश कुमार रेड्डीले १४ रन बनाउँदै टोलीलाई जितसम्म डोर्‍याए । चेन्नईका लागि मोइन अलीले २ तथा दीपक चाहर र महिश थिकशानाले १–१ विकेट लिए ।

यसअघि पहिले ब्याटिङ गरेको चेन्नईले निर्धारित २० ओभरमा ५ विकेटको क्षतिमा १ सय ६५ रन बनाएको थियो ।

Sharing

प्रतिक्रिया दिनुहोस