• २०८३ मङ्सिर ३ गते बुधवार

भिरबाट लडेर १२ वर्षीया बालिकाको मृत्यु

खबर24नेपाल पढ्न लाग्ने समय : १ मिनेट

चैत २३, मुगु। मुगुमा घरबाट नुहाउन हिँडेकी १२ वर्षीया बालिकाको भिरबाट लडेर मृत्यु भएको छ । मुगुको छायाँनाथ रारा नगरपालिका वडा नं ९ मुर्माकी भुमिका रोकायाको भिडबाट लडेर मृत्यु भएको हो ।

बिहीबार बिहान अन्दाजी १०ः३० बजे कोठाबाट नुहाउनका लागि छायाँनाथ रारा नगरपालिका–२ स्थित चैनाखोला जाँदै गर्दा चैनभिरबाट करिब २० मिटर तल खसेको अवस्थामा उनी भेटिएकी थिइन् । उनी लडेको खबर आउनासाथ उनको उद्धार गरी जिल्ला अस्पताल ठिनीमा उपचारको लागि पुर्याइएपनि उपचारकै क्रममा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यलय मुगुका प्रहरी नायब उपरीक्षक बीरेन्द्र थापाले बताए ।

मृतक भुमिकाका बाबु हाल वैदेशिक रोजगारीका लागि विदेशमा छन् भने आमा नन्दकला रोकाया सदरमुकाम गमगढीस्थित न्युरोडमा बसेर होटल व्यवसायी गर्दै आएकी छिन् ।

Sharing

प्रतिक्रिया दिनुहोस