• २०८३ बैशाख २३ गते बुधवार

आईपीएल : गुजरातकाे पञ्जाब किंग्सलाई २०० रनको लक्ष्य

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

चैत २२, काठमाडौं । गुजरात जाइन्ट्सले इन्डियन प्रिमियर लिग (आईपीएल)मा पञ्जाब किंग्सलाई २०० रनको लक्ष्य दिएको छ। नरेन्द्र मोदी स्टेडियममा टस हारेर पहिला ब्याटिङ थालेको गुजरातले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै १९९ रन बनायो।

गिलले अविजित रहँदै सर्वाधिक ८९ रन बनाए। ४८ बल खेलेका उनले ६ चौका र ४ छक्का प्रहार गरे। साई सुदर्शन ३३, केन विलियम्सन २६, ऋद्धिमान साहा ११ र विजय शंकर ८ रनमा आउट हुँदा राहुल तेवाटिया २३ रनमा अविजित रहे।

पञ्जाबका कगिसो रबाडाले सर्वाधिक २ विकेट लिए। हरप्रीत बराडा र हर्षल पटेलको नाममा १/१ विकेट रह्यो।

Sharing

प्रतिक्रिया दिनुहोस