चैत १६, काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल)मा रोयल च्यालेन्जर्स बेंगलुरुलाइ कोलकाता नाइट राइडर्सले ७ विकेटले पराजित गरेकाे छ । टस हारेर पहिला ब्याटिङ थालेको बेंगलुरुले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १८२ रन बनाएकोमा कोलकाताले ३ विकेट गुमाउदै उक्त लक्ष्य भेटाएकाे हाे ।

कोलकाताका वेंकटेश आय्यरले सर्वाधिक ५० रन बनाए। ३० बल खेलेका उनले ३ चौका र ४ छक्का प्रहार गरे। यस्तै, सुनीनले २२ बलमा २ चौका र ५ छक्कासहित ४७ रन बनाए। फिल साल्ट ३० रनमा आउट हुँदा कप्तान श्रेयस आय्यर ३९ र रिन्कु सिंह ५ रनमा अविजित रहे। बेंगलुरुका यश दयाल, मयंक डागर र जिजयकुमार बैशाखको नाममा १/१ विकेट रह्यो।
त्यसअघि टस हारेर पहिला ब्याटिङ थालेको बेंगलुरुले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १८२ रन बनाएको थियो। बेंगलुरुका ओपनर विराट कोहलीले सर्वाधिक ८३ रन बनाए। ५९ बल खेलेका उनले ४ चौका र ४ छक्का प्रहार गरे।
कमरुन ग्रिन ३३, ग्लेन मैक्सवेल २८ र दिनेश कार्तिक २० रनमा आउट हुँदा अन्य ब्याटरको प्रदर्शन राम्रो रहन सकेन।
कोलकाताका हर्षित राणा र आन्द्रे रसेलले २/२ विकेट लिए। सुनील नारायणको नाममा १ विकेट रह्यो।