चैत १६, काठमाडौँ । नेकपा एमाले बुढानीलकण्ठ दोस्रो अधिवेशनको उद्घाटन सत्र भव्य रूपमा सम्पन्न भएको छ । पार्टीका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलको प्रमुख आतिथ्ययतामा बुनपा–१० कपन ह्यान्डबल मैदानमा उद्घाटन सत्र सम्पन्न भएको हो ।

नेकपा एमाले बुढानीलकण्ठ दोस्रो अधिवेशनको उद्घाटन अघि बिहान १० बजेदेखि रक्तदान कार्यक्रम, विभिन्न सांस्कृतिक कार्यक्रम गर्दै रचनात्मक र मनोरञ्जनात्मक रूपमा दोस्रो नगर अधिवेशन उद्घाटन सम्पन्न भएको छ ।
चैत १७ गते नेकपा एमाले बुढानीलकण्ठ नगर कमिटीको अधिवेशनले नयाँ नेतृत्व चयन गर्नेछ ।