• २०८३ असार ८ गते सोमवार

माओवादी केन्द्रको जागरण अभियान स्थगित

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

चैत८, काठमाडौँ ।  नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)को जागरण अभियान स्थगित भएको छ । पार्टीको ६ चैतमा बसेको पदाधिकारी बैकठले उक्त अभियान स्थगित गर्ने निर्णय भएको सर्कुलर जारी गरेको छ ।

जारी सर्कुलरमा भनिएको छ, ‘पार्टीको पूर्व निर्धारित तराई–मधेश जनजागरण अभियान (हुलाकी राजमार्ग केन्द्रित) र हिमाल–पहाड–तराई–मधेश राष्ट्रिय एकता अभियानका कार्यक्रमहरू तयारीको कमीका कारण हाललाई स्थगित गरिएको छ’,।

तराई मधेश जागरण अभियान चैत १५ देखि चैत मसान्तसम्म र हिमाल–पहाड–तराई–मधेश राष्ट्रिय एकता अभियान वैशाख १५ देखि वैशाख मसान्तसम्म सञ्चालन गर्ने तयारी थियो ।

Sharing

प्रतिक्रिया दिनुहोस