पौष ९, मबवानपुर । बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले आज मन्त्रिपरिषद विस्तार गर्ने तयारी गर्नु भएको छ । मुख्यमन्त्री पाण्डेले आज नेपाली काङ्ग्रेसको ५ जनालाई सरकारमा लैजाने तयारी गर्नु भएके हो ।
पाण्डेले शुक्रबार ३ जना मन्त्री र दुई जना राज्यमन्त्री नियुक्त गर्न लागेको बुझिएको छ। यसअघि तेस्रो पटक भएको मन्त्रिपरिषद विस्तार काङ्ग्रेस पार्टीको महाधिवेशनको कारण सहभागी भएको थिएन। मुख्यमन्त्री पाण्डेले आज काङ्ग्रेसलाई मात्रै समेटेर मन्त्रिपरिषदलाई पूर्णता दिन लाग्नु भएको हो ।
काङ्ग्रेसको भागमा परेको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय , संस्कृति तथा पर्यटन मन्त्रालय र भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयमा मन्त्री नियुक्त गर्न लागेको स्रोतले जनाएको छ । यी मन्त्रालयहरूमा को–को मन्त्री बन्दैछन् भन्नेबारे टुंगो लागिसकेको छैन।
मुख्यमन्त्री पाण्डेले गठबन्धन दलमा भागवण्डा मिलाउन यसअघि नै ८ मन्त्रालयलाई विभाजन गरेर १४ पुर्याएका छन्। हाल प्रदेशमा ११ मन्त्री र एकजना राज्यमन्त्रीसहित १२ जना सरकारमा छन्। जसमा काङ्ग्रेसको २ जना सरकारमा छन्। आज पाँच मन्त्री थपिए सगै बागमती प्रदेशमा १६ जना मन्त्री हुनेछन्।