चैत ७, काठमाडौं । गृह मन्त्रालयले विभिन्न जिल्लाका एक दर्जनभन्दा बढी प्रमुख जिल्ला अधिकारी(सीडीओ) सहित २२ जना सहसचिव र उपसचिवको सरुवा गरेको छ। मन्त्रालयले मंगलबार प्रजिअ सरुवा मापदण्ड संशोधन गर्दै एक दर्जनभन्दा बढी जिल्लाका प्रमुख जिल्ला अधिकारीको हेरफेर गरेको हो।

जसअनुसार गृहमन्त्रालयले ध्रुवबहादुर खड्कालाई संखुवासभामा, सूर्यबहादुर खत्रीलाई अर्घाखाँचीमा, जुद्धबहादुर गुरुङलाई लमजुङमा, नरबहादुर थापालाई अध्यागमन कार्यालय त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा र नारायण ढकाललाई ओखलढुंगाको प्रमुख जिल्ला अधिकारीमा सरुवा गरेको छ ।
यसै गरी खिमबहादुर रायमाझीलाई रोल्पाको प्रजिअमा, ऋषिराज आचार्यलाई जाजरकोटमा, रामुराज कडरियालाई धनुषामा, शिवकुमार कार्कीलाई खोटाङमा, कमलराज ढकाललाई अर्घाखाँचीमा, अध्यागमन कार्यालयका गोगनबहादुर हमाललाई राष्ट्रिय विपद् जोखिम न्यूनीकरण कार्यालयमा सरुवा गरिएको छ भने ओखलढुंगााका प्रजिअ चेतराज बराललाई कारागार कार्यालय मोरङमा, सुरेश सुनारलाई जाजरकोटको प्रजिअबाट अध्यागमन विभागमा, पवित्रप्रकाश शाहलाई खोटाङको प्रजिअबाट अध्यागमन कार्यालय भैरहवामा, रोल्पाका प्रजिअ परमानन्द घिमिरेलाई लमजुङको सहायक प्रजिअमा, दार्चुलाकी प्रजिअ किरण जोशीलाई कैलालीको सहायक प्रजिअमा र लमजुङकी प्रजिअ हिरादेवी पौडेललाई गृह मन्त्रालयमा सरुवा गरिएको छ।
त्यसै गरी लम्जुङका प्रजिअ कृष्ण पौडेललाई विपद प्राधिकरणमा, कैलालीका सहायक प्रजिअ यज्ञराज जोशीलाई दार्चुलाको प्रजिअमा, अध्यागमनकी मीना अर्याललाई तेह्रथुमको प्रजिअमा र रवीन्द्र आचार्यलाई ताप्लेजु्ङको प्रजिअमा सरुवा गरिएको गृहमन्त्रालयले जनाएको छ।

