• २०८३ बैशाख १५ गते मङ्गलवार

सविता रानामगर सर्वोत्कृष्ट खेलाडी घोषित

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

माघ १६, काठमाडौं । अखिल नेपाल फुटबल सङ्घले आयोजना गरेको एन्फा महिला लिगको फुटबल प्रतियोगितामा सविता रानामगर सर्वोत्कृष्ट खेलाडी घोषित भएकी छन् ।

त्रिपुरेश्वरस्थित दशरथ रङ्गशाला मैदानमा आज भएको फाइनल खेलमा एपिएफले पुलिसलाई ४–० गोलअन्तरले पराजित गरेको थियो । एपिएफकी फरवार्ड सविता रानामगरले उक्त उपाधिसहित रु एक लाख प्राप्त गरिन् ।

त्यसैगरी ३५ गोल गरेकी एपिएफकी रश्मिकुमारी घिसिङ सर्वाधिक गोलकर्ता र एपिएफकै सावित्री किसन उत्कृष्ट गोलकिपर चुनिइन् । उनीहरुले जनही रु ५० हजार प्राप्त गरे ।

त्रिभुवन आर्मी क्लबले फेयर प्लेको ट्रफी पाउन सफल भयो । विजेतालाई परराष्ट्रमन्त्री आरजु राणा देउवा, एन्फाका पदाधिकारीलगायतले एक कार्यक्रमबीच पुरस्कार प्रदान गर्नुभएको थियो ।

Sharing

प्रतिक्रिया दिनुहोस