• २०८३ बैशाख २६ गते शनिवार

काठमाडौंमा दिउँसै चोरी

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

चैत ३, काठमाडौं ।  काठमाडौं महानगरपालिका-२६ रानीबारीमा शुक्रबार दिउँसै चोरी भएको छ। डेरा गरी बस्ने अर्घाखाँची सन्धिखर्क नगरपालिका-४ घर भएकी रूपा श्रेष्ठको कोठामा चोरी भएको हो।

चोरले ताला फोडेर सुन तथा चाँदीको विभिन्न गरगहना गरी करिब ३ लाख २३ हजार रुपैयाँ बराबरको धनमाल चोरी गरेको प्रहरीले जनाएको छ। प्रहरीले चोरीमा संलग्न व्यक्तिहरूको खोजी गरिरहेको जनाएको छ।

Sharing

प्रतिक्रिया दिनुहोस