चैत २, काठमाडौं । राष्ट्रिय फुटबल टिमले अभ्यास खेलमा शुक्रबार मलेसियासँग खेल्दैछ । मलेसियाको साह आलम रंगशालामा हुने खेल नेपाली समय अनुसार साँझ पौने ८ बजे सुरु हुनेछ ।

बहराईनविरुद्ध हुने विश्वकप छनोटको तयारी स्वरुप नेपाली टिम मलेसियामा छ । मलेसियासँग अभ्यास म्याच खेल्दै नेपालले विश्वकप छनोटको तयारी गर्नेछ । नेपालले बहराईनसँग चैत ८ गते पहिलो र चैत १३ गते दोस्रो लेगको म्याच खेल्दैछ ।
काठमाडौंको दशरथ रंगशाला म्याच खेलाउन योग्य नभएपछि नेपालले चैत ८ को होम म्याच बहराईनमै खेल्ने भएको हो ।