लागू औषध बनाउने रसायन सहित एक जना चिनियाँ नागरिकलाई पक्राउ
मंसिर २२ ,काठमाडौँ। लागू औषध बनाउने रसायन सहित एक जना चिनियाँ नागरिकलाई प्रहरीले पक्राउ गरेको छ ।
शुक्रबार लागू औषध नियन्त्रण व्यूरोबाट खटिएको प्रहरी टोलीले लागू औषध बनाउने ४ किलो २ सय ग्राम रसायन ईफेड्रिनसहित ३१ बर्षीय
चिनियाँ नागरिक जाङ चाओलाई पक्राउ गरी आइतबार सार्वजनिक गरेको हो ।
काठमाडौँको एक कार्गोबाट न्यूजिल्याण्ड पठाउन ल्याएको निलो रङको कागजको डिब्बाभित्र रंगिन चित्र रहेको १० वटा शंकास्पद काठको फ्रेम चेकजाँच गर्दा फल्स बटम बनाई लुकाएर राखिएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।
Post Views: 60
Sharing