• २०८३ बैशाख २० गते आइतवार

माओवादी स्थायी समिति बैठक भोलीका लागि सर्‍यो

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

चैत १, काठमाडौं । आज बस्ने भनिएको माओवादी केन्द्रको स्थायी समिति बैठक पुनः सरको छ । गत फागुन २८ गते बोलाइएको बैठक विकसित राजनीतिक घटनाक्रमका कारण आजका लागि तय गरिएको थियो ।

तर, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको कार्य व्यस्तताका कारण बैठक भोलीका लागि सारिएको हो । अब सो बैठक भोली पेरिसडाँडा, कोटेश्वरस्थित केन्द्रीय कार्यालयमा बिहान ११ बजे बस्नेछ ।

सो स्थायी समिति बैठकमा विधान अधिवेसनवाट अनुमोदन बिधान, पदाधिकारी र केन्द्रिय नेताहरूको कार्य विभाजन, अब हुने पार्टीको अभियानको तयारी, विकसित राजनीति घटनाक्रम लगायत एजेन्डामा छलफल गरिने भनिएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस