• २०८३ जेष्ठ २२ गते शुक्रवार

दुई किलो चाँदीसहित एक जना पक्राउ

खबर24नेपाल पढ्न लाग्ने समय : १ मिनेट

फागुन ३०, उदयपुर । जिल्ला प्रहरी कार्यालय उदयपुरले मंगलबार त्रियुगा नगरपालिका ६ जलजलेबाट एक जनालाई दुई किलो चाँदीसहित पक्राउ गरेको छ । पक्राउ पर्नेमा जिल्ला सप्तरी शम्भुनाथ नपा ९ बस्ने बर्ष २२ को सन्तोष बिक रहेका छन ।

जिल्ला प्रहरी कार्यालय उदयपुरले दिएको जानकारी अनुसार ईलाका प्रहरी कार्यालय जलजलेबाट खटिएको चेकिङ टोलीले सप्तरी बाट गाईघाट तर्फ आउदै गरेका उनलाई शंकास्पद अवस्थामा फेला पारी उनले कम्मरमा भिरेको झोला चेकजाँच गर्दा झोला भित्र लुकाई ल्याएको चाँदी जस्तो देखिने बिना बिलको सेतो धातु २ किलो २९८ ग्राम ५६० मिलिग्राम फेला पारी बरामद गरेकाे हाे ।

उनलाई आवश्यक कारवाहीको लागि राजश्व कार्यालय ईटहरी, सुनसरी पठाइएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस