• २०८३ मङ्सिर ७ गते आइतवार

पपुवा न्युगिनीले गुमायो चौथो विकेट

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

फागुन ३०, काठमाडौं । हङकङमा जारी टी–२० सिरिज क्रिकेटको फाइनलमा नेपालले पपुवा न्युगिनीको लगातार विकेट लिएको छ । ६ ओभरको खेल सकिँदा पपुवा न्युगिनीले महत्वपूर्ण ४ विकेट गुमाएको छ । नेपालका आकाश चन्दले २, करण केसी र गुलशन झाले एक/एक विकेट लिए ।

करण केसीले पहिलो ओभरमा पपुवा न्युगिनीका सेसे बाउलाई शून्य रनमा आउट गर्दा आकाशले दोस्रो ओभरमा पिएनजीका कप्तान असद भाला र चौथो ओभरमा लेगा सियाकाका विकेट लिए । गुलसन झाले पपुवा न्युगिनीका हिरी हिरीलाई १५ रनआ आउट गरे ।

Sharing

प्रतिक्रिया दिनुहोस