• २०८३ जेष्ठ ९ गते शनिवार

जनताको सेवा गर्न वरीयतामा केही नबोली आएँ : उपेन्द्र

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

फागुन २७, काठमाडौं । नवनियुक्त उपप्रधान एवं स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवले जनताको सेवा गर्न वरियताले फरक नपर्ने बताएका छन्। आइतबार राष्ट्रपति रामचन्द्र पौडेलबाट उपप्रधान एवं स्वास्थ्य तथा जनसंख्यामन्त्रीको शपथ ग्रहणपछि मन्त्रालयमा पदभार ग्रहण गरेपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले यस्तो बताएका हुन्।

पटकपटक उपप्रधानमन्त्रीको जिम्मेवारी सम्हालेका उनलाई तपाईले उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेपछिको वरियतामा बस्न किन चाहनुभयो? भन्ने सञ्चारकर्मीहरूको प्रश्नको जवाफमा उनले जनताको सेवा गर्नेलाई वरीयताको मतलव नहुने बताए।

उनले ग्रासरूटमा बसेर काम गर्ने मान्छेलाई यस्ता कुराको वास्ता नहुने जवाफ दिए। उनले स्वास्थ्योपचारका लागि लामो लाइनमा बस्नुपर्ने अवस्थाको अन्त्य गर्दै स्वास्थ्योपचारलाई सहज र डिजिटल प्रविधिमार्फत घरैबाट पनि चिकित्सकको समय लिनसक्ने बनाउने निर्णय गरे।

उनले भने, ‘आवश्यक सर्जरीका लागि, बिरामीहरूको लामो लाइन लाग्ने जुन अवस्था रहेको छ। समय लिनका लागि, एपोइमेण्ट लिनका लागि त्यसलाई सहज बनाउने र त्यसलाई अनलाइन वा डिजिटल प्रविधिमार्फत घरैबाट पनि अपोइमेण्ट लिनसक्ने र लामो भीड नहोस् र समयमा सबैले उपचार र सेवा पाओस्। नेपालको स्वास्थ्य मन्त्रालय अन्तर्गतका अस्पतालहरू, उपचारकेन्द्रह? बनाउन सकिन्छ र त्यसलाई विकास गर्दै अघि जाने हो। जनताको सेवा गर्ने हो, त्यस्ता कुरामा ध्यान दिएर साध्य छैन।’

उनले स्वास्थ्य क्षेत्रको सुधार गर्दै जनताको पहुँचमा स्वास्थ्य सेवा पुर्‍याउनु आफ्नो पहिलो दायित्व रहेको बताए।

Sharing

प्रतिक्रिया दिनुहोस